प्रतीकात्मक तस्बिर
काठमाडौं- भिसा दस्तुरस्वरुप नक्कली १ सय डलर बुझाउने एक जना पर्यटकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार मालिन्दो एयरको उडानबाट काठमाडौं आएका मलेसियाली नागरिक रुवेन दास अरुल दासलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई भिसा शुल्क बुझाउने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बैंक काउन्टरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
राहदानी नम्बर ए-३५३३४५३७ का ४६ वर्षीय दासले भिषा दस्तुर बुझाउने क्रममा बैंक काउन्टरमा नक्कली अमेरिकी डलर १०० (एक सय) बुझाउन लागेका थिए।
बैंकका कर्मचारीले सो डलरको सो नोट शंका लागेकाले अध्यागमन कार्यालयलाई सूचना दिएका थिए।
पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।