काठमाडौं- गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको नयाँ लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ सार्वजनिक भएको छ।
गीतमा गायक सपुतकै शब्द तथा संगीत सुन्न सकिन्छ।
गीतसँगै रोमान्टिक म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ।
भिडियोमा गायक सपुत र गायिका अधिकारीकै अभिनय रहको छ।
सार्वजनिक भएको छोटो समयमै उत्कृष्ट प्रतिक्रियासहित २ लाख बढी दर्शकले मन पराएको गायिका अधिकारीले नेपाल लाइभलाई बताइन्।
उनले कुरा गर्दै भनिन्,‘यो छोटो समयमै धेरै दर्शक स्रोताले मन पराई दिनुभयो यसले मलाई धेरै उत्साहित बनाएको छ। यससँगै पहिलो पटक गायक सपुतसँग काम गर्न पाउँदा पनि म निकै खुसी छु।’
प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश र सुनिताको नृत्य आकर्षक रहेको छ।
विष्णु शर्माको सम्पादन र राजेश घिमिरेको छायांकन रहेको गीतले नेपाली गीत संगीत र लोकदोहोरी क्षेत्रमा एउटा नयाँ इट्टा थप्न सक्ने गायिका अधिकारीको भनाइ छ।
पश्चिम नेपालमा बोलिने ठेट शब्द तथा शब्द अनुसारकै भिडियो तयार पारिएकाले गीत सफल हुने अधिकारी बताउछिन्।
‘पानको मिसी’, ‘क्यारम मायालाई...’ लगायतका दर्जनभन्दा बढी गीतबाट चर्चामा रहेकी गायिका अधिकारी यस गीतबाट पनि दर्शकको माया र साथ पाउने अपेक्षामा छन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।