काठमाडौं- विवाह भएको लामो समयपछि हनिमुनका लागि यूरोपलगायतका देशको भ्रमणमा निस्किएको अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइरालाको जोडी आइतबार नेपाल फर्किएको छ।
भ्रमणका क्रममा विभिन्न स्थानमा पुगेर उनीहरूले एकअर्काका रोमान्टिक तस्बिर सार्वजनिक गरे। जसले सामाजिक सञ्जालमा राम्रो चर्चा समेत पाएका थिए।
कार्यव्यस्ततालाई केही दिनका लागि स्थगित गरी हनिमुनमा रमाउन पुगेको यो जोडी आइतबार नेपाल फर्किको हो।
पूर्वयोजना अनुसार अझै केही दिन भ्रमणमै रहने बताएपनि वर्षा अभिनित फिल्म ‘जात्रै जात्रा'को प्रदर्शन मिति नजिकिएपछि उनिहरु हतारोमा नेपाल फर्किएका हुन्।
आइतबार त्रिभुविन अन्तिराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै अभिनेत्री वर्षा राउतले फिल्मको प्रमोसनको कामले चाँडै नेपाल फर्कनु परेको बताएकी हुन्।
यससँगै वर्षा र सञ्जोग हनिमुनबाट फर्कँदै गर्दा सञ्चारकर्मीहरुले अबको पारिवारिक योजनाको बारेमा समेत प्रश्न गरेका छन्। प्रश्न सुन्दै केही लजाएको जोडीले अहिले नै फेमिलि वा बच्चाको योजनामा नभएको बताए।
पुरानो प्रसंग जोड्दै सन्जोगले भने,‘अफेयरमा रहँदा विवाह कहिले भनेर धेरै प्रश्न आउँथे र हामी २ वर्षभित्रमा भन्ने गर्थौं। तर यो बच्चाका बारेमा चाँहि हामीले अहिलेसम्म योजना बनाएका छैनौं। यस विषयमा सोचेकै छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।