प्रतिकात्मक तस्बिर ।
काठमाडौं– कोटेश्वरमा शंकास्पद बस्तु फेला परेको छ। कोटेश्वरस्थित मुनिभैरव नजिकैको पार्किङमा शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
बालकको झोलामा बम जस्तो केही बस्तु राखिएको जस्तो देखिएको प्रहरीले जनाएको छ। स्थानीयले उक्त संकास्पद बस्तु देखे पछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको प्रवक्ता बोगटीले बताए ।
संकास्पद वस्तु फेला परेपछि अहिले कोटेश्वर आसपास भएर चल्ने सवारी साधन जाममा परेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।