• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लागुऔषध नियन्त्रणमा प्रहरी : ८ महिनामा साढे ३ हजारभन्दा बढी पक्राउ

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १७:५२
1140x725

फाइल तस्बिर


काठमाडौं- पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ का ३९ वर्षीय उमेश सहनी ७० किलो अवैध लागुऔषध गाँजासहित वैशाख १० गते आफ्नै घरबाट पक्राउ परे। 

काठमाडौं कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ का ३९ वर्षीय देवकुमार घिसिङ र सिन्धुली कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठ पनि ५० किलो गाँजा हित बैशाख ३ गते लाजिम्पाटबाट पक्राउ परे। 

रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट करिब ३० किलो अवैध लागुऔषध चरेश सहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३६ वर्षीय राजकुमार स्याङतान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ फागुन ५ गते पक्राउ परे। 

सहनी, घिसिङ, श्रेष्ठ, स्याङतान र तामाङजस्तै लागुऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न व्यक्तिहरु पछिल्लो समय ठूलो संख्यामा पक्राउ पर्दै आएका छन्। 

000

अवैध लागुऔषध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी सक्रियता र नागरिकसँगको सहकार्य नै प्रमुख रहेको प्रहरीले जनाएको छ। कार्यक्रम लागू भएपछि लागुऔषध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको प्रहरीको दाबी छ। 

गत ८ महिनाको अवधिमा लागुऔषध प्रयोगकर्ता, कारोबारी तथा ओसारपसारमा संलग्न ३ हजार ७  सय ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ३ हजार ५ सय ७७ जना पुरुष र १ सय ८७ जना महिला रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कूल पक्राउमध्ये १ सय २९ जना विदेशी नागरिक छन्। सो अवधिमा २ हजार ४ सय ४५ मुद्धा दर्ता भएका छन्।

उक्त अवधिमा ४ हजार ६ सय ३७ केजी ६ सय २४ ग्राम गाँजा, २ हजार ६७ केजी चरेश, ८ किलो २२ ग्राम हेरोइन, ५ किलो ७ सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ। 

साइकोट्रोपिक्स औषधी लागुऔषध अन्तर्गत १ लाख ८० हजार २ सय १३ ट्याब्लेट, १ लाख ४७ हजार ९ सय ७२ एम्पुल, २ हजार  ५ सय ९१ कोरेक्स, १ हजार ४ सय २२ डाईलेक्स, ७ सय ३५ एम्फेटामाईन, २ सय ७८ फेन्सिडेल, ८१ पोल्याण्ड,३१ प्रोजिन, १८ डिआर रेड्डिस, ८५ पिस सिरिन्ज, ५ कोडिन, ६ डिकफ, १ सय ४० ऐटेन, २ सय २० ग्राम मेटाफेटामाईन, २ सय ९९ अनरेक्स, ५६ लाब्रोटी, २२ प्रोमिथाईजेन र २ सय १० केजी भाङसमेत प्रहरीले  बरामद गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संगठित एवं अन्तर्राष्ट्रिय गिरोहको सञ्जालले लागुऔषध कारोबार नियन्त्रणमा समस्या छ। विकास र शान्तिमा नकारात्मक असर पार्ने र विकृति फैलाउने यस कार्यलाई रोकी दुर्व्यसनमुक्त समाज निर्माण गर्नु चुनौती थपिएको छ। 

लागुऔषध दर्व्यसनीको समस्या र निराकरण सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, 'लागुऔषध दुर्व्यसन, यसको कारोबार, ओसारपसार, अन्तर्राष्ट्रिय समस्याको रुपमा देखा परेको छ। यसलाई निराकरण गर्न नेपाल प्रहरीले विभिन्न उपाय अपनाउँदै आएको छ। यस क्रममा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले लागुऔषध नियन्त्रण तथा सेवन न्यूनिकरण गर्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ।' 

चुनौती सामना गर्दै लागुऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागुऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ। गृह मन्त्रालयले  गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागुऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुको साथै लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियान २०७५ सुरु गरेको छ।

विद्यमान कानुनलाई अभियानकै रुपमा लिएर नेपाल प्रहरीले लागुऔषध कारोबार, प्रयोग र दुर्व्यसनी नियन्त्रण गर्न सक्रिय भई लागेको दाबी गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी भन्छन्, 'प्रहरीको विशेष अभियान र कानुन कार्यान्वयनलाई अझ सशक्त बनाउने प्रहरी महानिरीक्षकज्यूको निर्देशनले यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ र ठूलो मात्रामा लागुऔषध बरामद भइरहेको छ।'
 
लागुऔषधको ओसारपसार, खुल्ला सीमाना र लागुऔषधको सहज प्राप्तिको कारण कारोबार बढ्नु प्रमुख कारण हो। लागुऔषध व्यवसाय र प्रयोग हुने ठाउँहरु पहिचान गरी प्रहरीले ती क्षेत्रमा कारवाही तीव्र पारेको छ। 

ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सीमितता नै नियन्त्रणका चुनौती हुन्। चुनौती र समाधानका सम्बन्धमा लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाई भन्छन्, 'गाँजा चरेश पहाडी भागमा आँफै उम्रन्छन्। खुल्ला सीमानाको कारण तस्करले  कारोबार गर्ने विभिन्न उपाय अपनाउँछन्।

यस्ता चुनौती समाधान गर्न ब्यूरोले सीमित साधनस्रोत र जनशक्तिको उच्चतम प्रयोग गरी काम गर्दै आएको छ। अन्तर्राष्ट्रिय सन्धी सम्झौताको परिधिमा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय गरी काम भइरहेको छ।'

गलत तरिकाबाट अर्थोपार्जन गर्ने उद्धेश्यले लागुऔषध ओसारपसार तथा गैरकानुनी कार्य भइरहेको देखिन्छ। लागुऔषधले पार्ने असरका बारेमा परिवार, समाज तथा विद्यालयबाट उचित मार्गदर्शनको अभाव र साथीहरुको लहैलहैमा लागेर लागुऔषधको दुर्व्यसनीमा फसेको पाइन्छ। 

यस्ता विविध कारणलाई नियन्त्रण गर्न एवं सभ्य, सुसंस्कृत समाज निर्माण गर्न नेपाल प्रहरीले देशभरिनै समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत् टोलटोलमा समूह, उपसमूह खडा गरी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। गैरकानुनी काम गरेमा कारबाहीको साथै आर्थिक प्रलोभनमा परी वा अन्य जुनसुकै कारणबाट पनि यस्ता काम गर्न नहुने सन्देश दिन सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। यसबाट लागुऔषध अवैध कारोवार तथा सेवन रोकथाम गर्न थप सफलता मिल्ने अपेक्षा छ।

(प्रहरी प्रधान कार्यालयबाट प्राप्त बुलेटिनका आधारमा बनाइएको समाचार)

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ दशैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने, तर दशैंको मासुको लागि भनेर छुट्टै बजेट नआउने भएकाले प्रहरीलाई दशैंको लागि मासुको जोहो गर्ने चिन्... बुधबार, कात्तिक ४, २०८३
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्