काठमाडौं– काठमाडाैं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार यी दुबै इकाइकाे नेतृत्व परिर्वतन गरेको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी नियुक्त भएका छन्। नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदी काठमाडौं सरुवा भएपछि वसन्त लामा लागुऔषध नियन्त्रण ब्युरोमा पुगेका छन्।
यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा नियुक्त भएका छन्। विराटनगर तालिम केन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको छ।
एसएसपी सिंहलाई भने प्रहरी प्रधान कार्यालयको तालिम निर्देशनालयमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।