काठमाडौं- दोश्रो चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युवा क्लबले जितेको छ।
नैकापस्थित नैकाप फुटबल मैदानमा आज भएको फाइनल खेलमा ललितपुरको च्यासल युवा क्लबले सरस्वती युवा क्लबलाई २–० गोलले हराएको हो। खेलको ५५ औँ मिनेटमा म्याक्स वेलले हेडमार्फत गोल गरे।
यस्तै ७१ औँ मिनेटमा विदेशी खेलाडी जुनियरले गोल गरे। उपाधिसँगै च्यासलले रु ६ लाख तथा उपविजेता सरस्वतीले रु तीन लाख पुरस्कार प्राप्त गर्यो।
विजयी खेलाडीलाई चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले पुरस्कार वितरण गरे। वैशाख १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।