म्याड्रिड- स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्लारियललाई ३-२ गोलले पराजित गरेको छ।
खेलको दोस्रो मिनेटमै मारियानोले गोल गरेर रियललाई अग्रता दिलाएका थिए। तर भिल्लारियलका लागि मोरेनोले ११ मिनेटमा बराबरी गोल फर्काए।
४० मिनेटमा भालेजोले रियलका लागि दोस्रो गोल गरे। ४९ मिनेटमा मारियानोले रियलका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। इन्जुरी टाइममा भिल्लारियका कोस्टाले गोल गरे पनि टिमलाई खेलमा फर्कन ढिला भइसकेको थियो।
लिगमा रियल अन्तिम २ खेल बाँकी रहदा ६८ अंक जोडेर तेस्रो स्थानमा छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७४ र च्याम्पियन बनिसकेको बार्सिलोनाको ८३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।