काठमाडौं- आइपिएल क्रिकेटको प्लेअफ समिकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्समाथि ९ विकेटको जित हात पारेसँगै प्लेअफ समिकरण पूरा भएको हो।
लिगमा मुम्बई शीर्ष स्थानमा रहन सफल भयो। मुम्बईले १४ खेलबाट १८ अंक जोड्यो। १८ अंक नै जोडेको चेन्नई सुपरकिंग्स दोस्रो स्थानमा रह्यो। रनरेटमा पछि परेको दिल्ली क्यापिटल्स १८ अंक जोडेर तेस्रो स्थानमा सीमित रह्यो।
यता सनराइजर्स हैदरावाद प्लेअफमा पुग्ने चौथो टिम बन्यो। हैदरावादलाई पनि रनरेटको फाइदा पुग्यो। चौथो स्थानको हैदरावाद, पाँचौ स्थानको कोलकाता र छैटौं स्थानको किंग्स ११ पञ्जावको पनि १२-१२ अंक नै छ। तर हैदरावाद रनरेटमा भाग्यमानी ठहर भयो।

अब प्लेअफको पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई र दोस्रो स्थानको चेन्नईबीच मंगलबार राति खेल हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायरमा स्थानमा पुग्नेछ।
तेस्रो स्थानको दिल्ली र चौथो स्थानको हैदरावादबीच एलिमिनेटरमा बुधबार खेल हुनेछ। हार्ने टिम बाहिरिनेछ। जित हात पार्ने टिम दोस्रो क्वालिफायरमा भिडन्त हुनेछ।
पहिलो क्वालिफायरको विजेता र दोस्रो क्वालिफायरको विजेताबीच उपाधिका लागि आगामी आइतबार हैदरावादमा प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।