काठमाडौं– झापाको मेचीनगर नगरपालिका–६ बसपार्कबाट २ लाख ८३ हजार रुपैयाँ बराबरका अवैध सामान प्रहरीले बरामद गरेको छ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपिएफ टोलीले लत्ताकपडा, मोटर पार्ट्स र औषधि बरामद
गरेको हो।
बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।