काठमाडौं– आइपिएल क्रिकेटमा किंग्स ११ पञ्जावले चेन्नई सुपरकिंग्सलाई ६ विकेटले पराजित गरेको छ। आइतबार भएको खेलमा हात पारेको जितपछि पनि पञ्जाव समूह चरणबाटै बाहिरियो।
समूहका सबै खेल खेलेको पञ्जाव १२ अंक जोडेर छैटौं स्थानमा छ। शीर्ष स्थानको चेन्नईको १८ अंक छ। १८ अंक नै जोडेको दिल्ली क्यापिटल्स रनरेटमा पछि पार्दै दोस्रो स्थान रहे पछि चेन्नईको शीर्ष २ पक्का भएको छ।
अब कोलकाताले जित हात पारे दिल्ली र चेन्नईबीच फाइनल प्रवेशका लागि खेल हुनेछ। मुम्बईले जितेमा चेन्नई र मुम्बईबीच फाइनल प्रवेशका लागि खेल हुनेछ भने दिल्ली तेस्रो स्थानमा झर्नेछ।
आइतबार पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १ सय ७० रन जोड्यो। उसका लागि फाप डु प्लेसिसले ९६ रन र सुरेश रैनाले ५३ रन जोडे। बलिङमा पञ्जावका साम कुराले ३ र मोहमद सामीले २ विकेट लिए।
१ सय ७१ रनको लक्ष्य पञ्जावले ४ विकेटको क्षतिमा १८ ओभरमा पार गर्यो। उसका लागि लोकेश राहुलले ३६ बलमा ७ चौका र ५ छक्का हिर्काउदै ७१ रन जोडे। पुरनले ३६ र क्रिस गेलले २८ रन जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।