काठमाडौं- उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
गम्भीर घाइते कार्कीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीसहित चारै जना घाइतेलाई हेलिकोप्टरबाट राजधानी ल्याइएको हो।
विस्फोटमा परी कार्कीसँगै चालक राजन कार्की, निरा कटुवाल र धनमाया धौलाकोटी घाइते भएका थिए। कार्कीसहित तीन जना गम्भीर घाइते छन्।



उदयपुर क्षेत्र नम्बर २ का उम्मेदवार कार्की चुनावी कार्यक्रममा जाँदा उनी चढेको गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। घटनामा कार्कीसहित चार जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।