काठमाडौं- उदयपुरको उदयपुरगढी गाउँपालिका-६ स्थित दनुवारबेसीमा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन्।
कार्की चढेको गाडीमा विस्फोट हुँदा चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन्। कार्की सवार गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।
उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए।
घाइते कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ। उनलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर झिकाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।