चितवन- चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज बिहान भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
मृतकमा चार पुरुष र दुई महिला छन्। घाइतेहरुको संख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। अन्यको भरतपुरमा उपचार भइरहेको छ।
काठमाडौंबाट अर्घाखाँचीका लागि हिँडेको लु २ ख २९१ नम्बरको यात्रुबाहक बस काठमाडौँ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किएपछि अनियन्त्रित भई त्रिशूली नदीमा खसेको थियो। दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौंतर्फ पर्छ। सो बस बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर हिँडेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।