काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन्।
वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क गरेका थिए।
आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले देशको रक्षाका लागि जागरण अभियान संचालन गर्न लागिएको बताए। उनले भने, 'लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प छैन।'
आन्तरिक रुपमा सबल बनाएर आगामी निर्वाचनमा काँग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ छ।
वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको पनि दोहोर्याए।
कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति विमलेन्द्र निधिलेसंघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। संक्रमणकालका बाँकी काम सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दाबी उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।