• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महसुस गरेका छन् : सभापति देउवा [सम्बाेधनकाे पूर्णपाठसहित]

64x64
नेपाल लाइभ आइतबार, वैशाख २२, २०७६  ११:५१
1140x725

काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महसुस गरेका बताएका छन्।

आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌काे छलफलमा भाग लिँदै देउवाले भने, 'सम्मानजनक आर्थिक वृद्धि र कूटनीतिक सम्वन्ध कायम गर्दै मैले सरकार हस्तान्तरण गरेको हो, सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महसुस गरेका छन्।’

उनले आफ्नो सरकारले ल्याएका कार्यक्रमलाई अहिलेको सरकारले आफूले ल्याएझैँ गरी प्रचार गरिरहेको आरोप लगाए। देउवाले 'प्रधानमन्त्री रोजगार कार्यक्रम' आफूले ल्याएको दाबी गरे। ‘प्रधानमन्त्री रोजगार कार्यक्रम तामझामसँग घाेषणा गरियो तर अहिलेसम्म एक जनाले पनि रोजगारी पाएका छैनन्,’ देउवाले भने, ‘मेरो पालामा ल्याएको सामाजिक सुरक्षा विधेयक अहिलेकाे सरकारले आफैंले ल्याएझैं प्रचार गर्‍याे तर कार्यान्वयन देखिएन।’

उनले महँगी र भ्रष्टाचार बढेको आरोप लगाए। त्यस्तै उनले संवैधानिक निकायमा सरकारबाट व्यापक हस्तक्षेप र अधिकार कटौती गरिएको दाबी गरे।

संक्रमणकाल अन्त्य भएको भनिए पनि हिंसाका घटनामा कमी नआएको बताउँदै उनले हजारौं द्धन्द्धपीडित न्याय र राहत पर्खेको बताए। उनले सरकारको नीति तथा कार्यक्रम तयारी बिनाको सजावट भएको टिप्पणी गरे। ‘सरकारको नीति छरपस्ट र तयारी बिनाको र चाहानाको सजावटको रुपमा मैले लिएको छु्’, देउवाको भनाइ छ, ‘यसले कुनै पनि नतिजा दिँदैन।’

एक वर्षको नीति तथा कार्यक्रम फगत नारामा सीमित भएको आरोपसमेत लगाए। ‘२५ वर्षमा दोहोरो आर्थिक वृद्धि भनेको छ तर यो सरकार सँधै हुने के ग्यारेन्टी छ?’, उनले भने, ‘सम्पन्न भइसक्नुपर्ने मेलम्ची आयोजना अन्योलमा छ। माथिल्लो तामाकोशी कहिले बन्छ टुंगो छैन।’ कांग्रेसले सुरु गरेको भेरी-बबई र बुढीगण्डकी स्वदेशीमा बनाउने रणनीतिलाई उल्टाएर घात गरेको आरोप पनि उनले लगाए।

सभापति देउवाले नीति तथा कार्यक्रमका सम्बन्धमा संसदमा गरेकाे सम्बाेधनकाे पूर्णअंश: 

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका नेता श्री शेर बहादुर देउवाद्वारा सरकारको नीति र कार्यक्रमका संबन्धमा संघीय संसदमा प्रस्तुत संवोधन
२०७६।१।२२

Ncell 2
Ncell 2
nimb
nimb

सम्माननीय सभामुख महोदय,
सरकारको नीति तथा कार्यक्रमलाई संशोधन गरियोस भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट हालिएको प्रस्तावको पक्षमा मत हाल्न आह्वान गर्दै म मेरो मन्तव्य शुरु गर्न चाहन्छु।  

नेपाली काँग्रेसको अगुवाइमा  लामो समयदेखिको हिंसात्मक द्वन्द अन्त्य भयो, संविधान बन्यो र मेरो नेतृत्वकै सरकारले तिनै तहको निर्वाचन सम्पन्न गर्यो। आन्तरिक शान्ति, सम्मानजनक आर्थिक वृद्धि र सुमधुर परराष्ट्र सम्वन्धको अवस्था कायम गरी मैले नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको हुँ। डेढ वर्षअघि  धेरै ठुला सपना र आश्वासन  बेचेर यो सरकार सत्तामा आएको विदितै छ। यो सरकारको काम गर्ने गति र शैलीबाट भने हाल जनताले ठगिएको महसुस गरेका छन्। 

सरकारको आगमनसँगै हरेक तहमा कर बढेको छ। महंगी बढेको छ। भ्रष्टाचार बढेको महालेखा परिक्षकको प्रतिवेदन तथा ट्रान्स्प्यारेन्सी इन्टर्नेशनलले देखाएको छ। चर्को व्याजले गर्दा लगानी निरुत्साहित छ। व्यवसायमैत्री बातावरण खस्केको छ। सार्थक आर्थिक सुधारका पहल भएका छैनन, सरकारको दोहनकारी प्रवृत्तिले आन्तरिक र वाह्य लगानीको माहोल बनेको छैन । 

संवैधानिक निकायहरुमा व्यापक हस्तक्षेप गरिएको तथा उनीहरुको अधिकार संकुचन गर्न प्रयास गरिएको छ। यसले गर्दा राज्यका महत्वपूर्ण अंगहरु बीचको शक्ति सन्तुलन खलबलिएको छ।  संघिय व्यवस्थाको मर्म र भावना अनुकुल केन्द्रिय सरकार क्रियाशील हुन सकेको छैन। सरकारप्रेस र अभिब्यक्ति स्वतन्त्रतामा नियोजित हमला गर्दैछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दलगत आग्रहका आधारमा कर्मचारीतन्त्र चलाऊन खोज्दा उनीहरुको मनोबल गिरेको छ। यसले गर्दा सरकारी सेवाप्रवाहको गुणस्तरमा ह्रास आएको छ। विकास निर्माणले गति लिन सकेको छैन।

यि सबै कारणले गर्दा जनता निराश भएका छन। यो पृष्ठभुमिमा सरकारले नीति तथा कार्यक्रममा उपलब्धी भनेर दिएको लामो फेहरिस्त खोक्रो सावित भएको छ।  

सभामुख महोदय, 
नीति तथा कार्यक्रममा ूपूर्ण लोकतन्त्रू भन्ने शब्द प्रयोग गरिएको छ। लोकतन्त्र आँफैमा पूर्ण हुन्छ र यसको लागि कुनै विशेषण चाहिदैन। वर्तमान नेतृत्वको  पूर्ण लोकतन्त्र भनेको नियन्त्रण, निषेध र निर्देशनमा आधारित अनुदार राजनीतिक व्यवस्था हो भन्ने कुरा सरकारको कृयाकलापले स्पष्ट पार्दै लगेको  छ। 

संक्रमणको अन्त्य भएको भनिएपनि हजारौ द्वन्द पिडितहरु अझै न्याय र राहतको पर्खाइमा छन।  हिंसात्मक द्वन्दका घटनाहरु रोकिएका छैनन। 

सरकारको नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन  र तयारी विनाका चाहनाहरुको सँगालोको रुपमा मैले लिएको छु। जसरी यो सरकारले गत साल ल्याएको नीति तथा कार्यक्रमले कुनै नतिजा दिन सकेन, यसरी नै यो नीति तथा कार्यक्रमले केही नतिजा दिन नसक्ने निश्चित छ। 

एक वर्षको नीति र कार्यक्रमहरु भनिएको छ तर यहाँ दुई वर्षका, चार वर्षका, पच्चिस वर्षका वा वर्षै नतोकिएका कार्यक्रमहरुको बाहुल्यता छ। स्रोत, साधन र विधिको टुंगो नभएका हुनाले यि मध्ये कैयन कार्यक्रमहरु फगत नारामा सिमित हुने कुरामा शंका छैन।

एकातिर सरकारले एक वर्षमा के गर्न सक्छौं भन्न सकेको छैन, अर्कोतिर पच्चिस वर्ष सम्म लगातार दोहोरो अंकको आर्थिक वृद्धिको ढोल पिट्दै छ। यो सरकारको कार्यशैली र नियतबाट यो सम्भव छैन। यही वर्ष सकिनुपर्ने मेलम्ची आयोजना अनिश्चित बनेको छ।  सम्पन्न भैसक्नुपर्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजना कहिले बनिसक्छ टुंगो छैन । 

नेपाली कांग्रेस सरकारले निर्माण शुरु गरेको भेरी बबई डाईभर्सन परियोजना आफैले गरेको जस्तो गरि यो सरकार प्रस्तुत भएको छ। रणनीतिक महत्वको बुढीगण्डकी आयोजनालाई स्वदेशी लगानीमा बनाउने हाम्रो निर्णयलाई उल्टाइ यो सरकारले ठुलो खेलवाड र घात गरेको छ।  

गत साल अबको पांचवर्ष भित्र कोही पनि नेपाली विदेश जानुनपर्ने भनिएको थियो। त्यसपछी कति रोजगारी सिर्जना भयो र कति नेपाली विदेशिन परेन भन्ने बारेमा मुलुक अनभिज्ञ छ। आगामी वर्ष अर्को पाँच लाख रोजगारी सिर्जना गर्ने कुरा फेरी भनिएको छ। तामझामका साथ पोहोर साल शुरु गरिएको प्रधानमंत्री रोजगार योजनाबाट अहिलेसम्म एउटा पनि रोजगारी सिर्जना भएको छैन। 

उद्योग, व्यवसायहरुले सिर्जना गर्ने रोजगारी बढेका छैनन् । मेरो पालामा ल्याइएको सामाजिक सुरक्षा ऐनलाई आँफैले ल्याएको जस्तो गरी प्रचार गरियो तर यसको सफल कार्यान्वयन गर्ने तर्फ सरकार गम्भीर देखिदैन।

शान्ति सुरक्षाको मामलामा यो सरकार असफल भएको छ। निर्मला पन्त हत्या र बलात्कारको प्रमाण नष्ट गर्ने काम स्वयं सरकारले गरेको छ । देशका विभिन्न भागमा विशेष गरी महिलाहरुविरुद्ध  भैरहेका हिंसा अन्त्य गर्ने ठोस योजना र अभियान सरकारसंग छैन।  मुलुकका धेरै भागमा हिंसात्मक द्वन्दका घटनाहरु भईरहंदा पनि कुन आधारमा सरकारले त्यसको समाधान भईसकेको दावी गरेको हो स्पष्ट छैन।  

मेरो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहनस्वरुप ल्याएको नानो स्याटलाइट परियोजनालाई देखाएर यो सरकारले आफैले नेपाललाई अन्तरिक्ष युगमा पुर्याएको बकम्फुसे दावी गरेको छ। 

मेरै पालामा नेपाललाई अतिकम विकसित बाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्न आवश्यक मापदन्ड पुरा भईसकेको हो।  यो सरकारले यस लक्ष्यलाई पनि आफैले सम्पन्न गर्ने भन्नु  नसुहाउने कुरा हो।

यो सरकारले भ्रष्टाचारप्रति शुन्य सहनशीलता अपनाउने भनेको छ। तर यो सरकार नै भ्रष्टाचारको तानाबाना बुन्दैछ। 

सभामुख महोदय, 
आजको शिक्षा क्षेत्रको मूल चुनौती भनेको सिकाई र गुणस्तरको समस्या हो। यसलाई समाधान गर्ने तर्फ नीति र कार्यक्रममा कुनै ठोस प्रस्ताव छैन।  भएका विश्वविद्यालयलाई नै आवश्यक साधन स्रोत दिन नसकिएको अवस्थामा थप विश्वविद्यालयहरुको घोषणा गरिएको छ। 

एक वर्षमा सम्पूर्ण जनसंख्यालाई स्वास्थ्य वीमामा आवद्ध गर्ने कुरा गरिएको छ तर यो सरकारको कार्यशैलीले गर्दा यसको एक छेउपनि कार्यान्वयन हुने आधार छैन।   

चीन(भारत जोड्ने रेल दुइवर्षमा निर्माण शुरु गर्ने भनिएको छ। तर सरकार यि आयोजनाहरुको संभाव्यता, लागत र लाभको निर्क्यौल र स्रोतको व्यवस्थापनबारे आफै अनभिज्ञ छ। हामी छिमेकी मित्रराष्ट्रहरुसंग सडक, रेल, जलमार्ग, र हवाइमार्गबाट जोडिने पक्षमा छौं तर लहडमा नभै प्राथमिकता र प्रतिफलको आधारमा यस्ता आयोजनाहरुको छनौट गरिनुपर्छ। चीन र भारत जोड्ने रेलमार्ग दुवै देशका लागि पनिमहत्वपूर्ण आयोजना भएकोले यिनीहरुको  निर्माण अनुदानमा मात्र हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ।

भारतमा प्रस्तावित १११ प्रमुख जलमार्गहरु मध्य एउटामा जोडिन पनि हामीले अझै धेरै गृहकार्य गर्नु बाँकी छ। तर प्रधानमंत्रीज्यु अहिले नै पानीजहाज आइसकेझैं कार्यालय खोलेर सपना बेच्दै हुनुहुन्छ। राणाकालदेखि चलेका रेल र स्टिमरलाई नयाँ आविष्कारको रुपमा प्रचारित गरिएको छ ।

बार्है महिना चल्ने सडक सञ्जालको निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। यसतर्फ गम्भीर नभै यो सरकारले सडकमै हवाइजहाज ल्याण्ड गर्ने उडन्ते कुरालाई प्राथमिकतामाराखेको छ।  

बढ्दो व्यापारघाटालाई सम्वोधन गर्ने कुनै गम्भीर कार्ययोजना सरकारसँग छैन। कृषिजस्तो महत्वपूर्ण क्षेत्रमा एकवर्षमै सम्पन्न हुने विश्वसनीय कार्यक्रम एउटा पनि  भेटिन्न। 

तोकिएको समय र लागतमा आयोजना सम्पन्न नहुने रोग गत वर्ष पनि सुध्रिएन।  वैशाख २० सम्मको पुँजीगत खर्च ३८ प्रतिशत  मात्र भएको छ।रणनीतिक महत्वका ठुला आयोजनाहरुलाई विशेष अनुगमन र प्रोत्साहनको प्रणालीमा बाँध्नु पर्छ।  तर खुला प्रतिस्पर्धा र स्थापित पारदर्शी विधिहरुको प्रतिकुल हुनेगरी अधिकार केन्द्रित गर्ने कुनै पनि विधेयकप्रति हाम्रो समर्थन हुने छैन।  

सभामुख महोदय, 
यो सरकार नेपालको आवश्यकता, स्वार्थ र अधिकारलाई द्विपक्षिय र वहुपक्षिय मञ्चहरुमा तर्कसंगत रुपमा राख्न सकिरहेको छैन। यसकारण हाम्रो परराष्ट्र नीति अपरिपक्व देखिएको छ। बिमस्टेक, होली वाइन र भेनेजुयला काण्ड यसका ज्वलन्त उदाहरण हुन् । सरकारको यस्तो फितलो परराष्ट्र नीति संचालनका कारण अन्तर्राष्ट्रिय विश्वसनीयता र विदेशी लगानीमा समेत प्रतिकूल असर परेको हाम्रो ठहर छ।    

यो सरकारले सम्मानित राष्ट्रपतिको संस्थालाई पटकपटक विवादमा तान्दै आएको छ। वेलायतकी महारानीको शैलीमा सम्वोधन गर्न लगाएर थप विवादमा पारेको छ। यो लोकतान्त्रिक गणतन्त्रको लागि शुभसंकेत हैन।   

वर्तमान कम्युनिस्ट सरकारलाई देशमा पुँजी सिर्जना कसरी हुन्छ,लगानी कसरी बढाउन सकिन्छ, रोजगारी कसरी विस्तार हुन्छ, त्यसको ज्ञान छैन। यसका लागि चाहिने सीप, जाँगर र इमान्दारी यो सरकारको नेतृत्वसँग छैन भन्ने हाम्रो ठहर छ। त्यसैले गत वर्ष जस्तै र यो वर्ष पनि लहडमा कार्यक्रमहरु प्रस्तावित गरिएका छन् । देशको सीमित साधन स्रोतको मितव्ययी उपयोगप्रति यो सरकार पुरै उदासीन छ। 

यि कारणहरुले गर्दा सरकारको नीति तथा कार्यक्रमले तय गरेका लक्षहरु हासिल हुननसक्ने धारणा यस सम्मानित सदन समक्ष राख्दछु।  

जय नेपाल ।  
 

 

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्