काठमाडौं– राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले उस्तै प्रकृतिको काममा दुईथरी व्यवहार गरिएको आरोप लगाएका छन्। सत्तारुढ दलका शिर्ष नेताहरु तर्फ संकेत गर्दै उनले संसदमा भने, ‘ एक वर्गले आन्दोलन गरेर मान्छे मारे राज्य सञ्चालमा आउँछ । तराईमधेश, थरुहट आन्दोलनका क्रममा लागेको मुद्दा फिर्ता भएका छैनन् ।
प्रधानमन्त्री र कानून मन्त्रीबाट मुद्दा फिर्ता लिने प्रतिबद्धता आएपनि पूरा नभएको उनले बताए । आफूले संविधान संशोधनका कुरा उठाएपनि त्यसको सम्बोधन हुन नसकेको छैन।’
टिकापुर घटनाका सम्बन्धमा सरकारले वृषचन्द्र लालको संयोजकत्वमा छानविन समिति गठन गरेर प्रतिवेदन बुझाएपनि सार्वजनिक नगरिएकोमा उनले सवाल उठाए । भने, ‘हाम्रा नेता रेशम चौधरीको के दोष थियो ? राज्यको गल्ती थियो वा हाम्रा नेता कार्यकर्ताको ?’
समितिले बुझाएको प्रतिवेदन जनसमक्ष ल्याउनुपर्ने माग उनले गरे । उनले भने, ‘सुनचाँदी भए पो लुकाएर राख्नु । यो सरकारको सम्पत्ति हो । प्रकाशित हुन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले मीठो कुरा गर्नुभयो । तर, आजसम्म प्रकाशित भएन।’
सभामुखले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएपनि पूरा नभएको भन्दै रुलिङको मावग गरे । उनले आयोगको प्रतिवेदन सभामुखको निर्देशन अनुसार जनसमक्ष आउनुपर्न बताए । भने, ‘यो जिम्मेवारीले सभामुखले लिनुप¥यो । सभामुखले रुलिङ गरेको पालना हुन्छ कि हुँदैन ? सरकारको ध्यानाकर्षण होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।