रसुवा– आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका सुरक्षाका लागि सिसिटिभी जडान गरिएको छ।
निर्वाचन आयोगको सहमतिमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मतपेटिकाको उच्च सुरक्षाका लागि सिसी क्यामेरा जडान गरेका हुन्।
पहिलो चरणको निर्वाचनको मतगणना मंसिर २१ गते गर्ने निर्वाचन आयोगको निर्णय भएकाले मतपेटिकाहरु सिलबन्दी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।
मतपेटिका सिलबन्दी गरिएको स्थानमा ८ वटा सिसिटिभी जडान गरिएको छ। मतपेटिका सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी एक सयभन्दा बढी सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।
३२ हजार ३ सय २२ मतदाता रहेको रसुवामा ८० दशमलब ७९ प्रतिशत मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।