एजेन्सी- वायर्न म्युनिख लगातार सातौं पटक बुन्डेस लिगाको उपाधि नजिक पुगेको छ। वायर्नले गए राति भएको खेलमा हानोभरलाई ३-१ ले हरायो।
वायर्नलाई लेवान्डोवस्कीले २७, गोरेट्ज्काले ४० र रिबेरीले ८३ मिनेटमा गोल गरे।
लिगको उपाधि दौडमा रहेको अर्को खेल बोरुसिया डर्टमुन्ड भने वेस्डरसँग २-२ को बराबरीमा रोकिदा वायर्नलाई फाइदा पुग्यो।
लिगमा अन्तिम २ खेल बाँकी छदा वायर्नको ७४ अंक छ भने दोस्रो स्थानको डर्टमुन्डको ७० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।