म्याड्रिड- स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना पराजित भएको छ।
अघिल्लो खेलमा जित हात पारेर उपाधि जितेको बार्सिलोनालाई गए राति भएको खेलमा सेल्टा भिगोले २-० गोलले पराजित गरेको हो। सेल्टा भिगोका लागि गोमेजले ६७ मिनेट र इयागो अस्पासले ८८ मिनेटमा पेनाल्टीमा गोल गरे।
बार्सिलोनाले खेलमा स्टार खेलाडीहरु लुइस सुआरेज, लिओनल मेसी र जेरार्ड पिकेलाई आराम दिएको थियो।
यता दोस्रो स्थानको एट्लेटिको म्याड्रिड पनि पराजित भएको छ। एट्लेटिकोलाई इस्प्यानोलले ३-० ले हराएको हो।
लिग विजेता बार्सिलोनाले २ खेल बाँकी रहदा ८३ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिकोको ७४ र रियल म्याड्रिडको ६५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।