काठमाडौं– चर्चित गायक प्रमोद खरेल र गायिका अनिता चलाउनेको स्वरमा रहेको देउडा गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी नाचेका छन् । डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टैैै’ बोलको गीतको काठमाडौंको मूलपानीचौरमा म्युजिक भिडियो सुटिङ भएको हो । शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । यो समूहको सहकार्यमा बनेको देउडा गीत ‘हुन्यावाली जीवनसाथी’ देउडाप्रेमीमाझ लोकप्रिय छ ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।