लिभरपुल- इंग्लिस प्रिमियर लिगको उपाधिको टुंगो लिगको अन्तिम चरणको खेलबाट लाग्ने भएको छ।
गए राति भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३-२ ले पराजित गरेर शीर्ष स्थानमा उक्लियो। खेलमा लिभरपुलका लागि भान डेकले १३ र मोहमद सलाहले २८ मिनेटमा गोल गरेका थिए।
तर न्युकासलका अस्टुले २० मिनेटमा पहिलो बराबरी गोल गर्दा रन्डनले ५४ मिनेटमा दोस्रो पटक बराबरी गोल गरेका थिए। लिभरपुलका ओरिगीले खेल सकिन ४ मिनेट बाँकी छदा गोल गरेपछि खेल ३-२ मा टुंगिएको थियो।
लिगमा अन्तिम खेल बाँकी रहदा लिभरपुलले ९४ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ९२ अंक छ। सिटीले २ खेल खेल्न बाँकी छ।
सिटीले लेस्टर सिटीसँग सोमबार खेल्नेछ। अन्तिम चरणमा लिभरपुलले वुल्भ्ससँग र सिटीले ब्रिङ्टनसँग खेल्नेछ। अन्तिम दिनको खेल आगामी आइतबार हुनेछ।
अब सिटीले दुवै खेलमा जित हात पारे च्याम्पियन बन्नेछ भने लिभरपुलको लिग जित्ने सपना चकनाचुर हुनेछ। सिटीले लेस्टरसँग अंक गुमाएको खण्डमा लिभरपुलको सम्भावना बढ्नेछ। अन्तिम खेलमा जित हात पारे लिभरपुल च्याम्पियन बन्नेछ। अन्तिम खेलमा लिभरपुल बराबरीमा रोकिएको अवस्थामा सिटीको सम्भावना खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।