बैंगलाेर- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार भएका दुई खेलमा दिल्ली क्यापिटल्स र राेयल च्यालेन्जर्स बैंगलाेर विजयी भएका छन्।
पहिलाे खेलमा दिल्लीले राजस्थान राेयल्समाथि पाँच विकेटकाे जित निकालेकाे हाे। राजस्थानले दिएकाे १ सय १६ रनकाे सामान्य लक्ष दिल्लीले २३ अल अगावै ५ विकेटकाे क्षतिमा पुरा गरेकाे थियाे।
हारसँगै राजस्थान 'प्ले अफ' अर्थात अन्तिम ४ काे दाैडबाट बाहिरिएकाे छ।

शनिबार नै भएकाे दाेस्राे खेलमा बैंगलोरले घरेलु मैदानमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेकाे हाे।
हारपछि हैदराबादका लागि अन्तिम ४ मा पुग्ने गणितीय सम्भावना बाँकी छ। यसका लागि प्रतियाेगिताका बाँकी खेलमा भर पर्नुपर्ने हुन्छ। अर्काेतर्फ बैंगलाेर भने 'प्ले अफ'मा नपुग्दै प्रतियाेगिताबाट बाहिरिएकाे छ।
पहिलाे ब्याटिङ गरेकाे निर्धारित २० ओभरमा ७ विकेटका क्षतिमा १ सय ७५ रनकाे याेगफल तयार पारेकाे थियाे। जितका लागि पाएकाे १७६ रनकाे लक्ष बैंगलाेरले ४ बल अगावै ६ विकेटकाे क्षतिमा पार गर्याे।
प्रतियाेगितामा चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स यसअघि नै 'प्ले अफ'का लागि छनाेट भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।