मुम्बई– भारतीय क्रिकेटर जाहिर खान र अभिनेत्री सागरिका घटके विवाह बन्धनमा बाँधिएका छन्।
'क्रिकेट–बलिउड सम्बन्ध'का रुपमा चर्चा कमाएको सो विवाहको पार्टी गत सोमबार मुम्बईको ताज होटलमा आयोजना गरिएको थियो।
पार्टीमा बलिउड र क्रिकेट क्षेत्रका हस्तीको बाक्लो उपस्थिति थियो। जहाँ भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको उपस्थित भने चर्चाको विषय बनेको छ। प्रेम सम्बन्धका कारण चर्चामा रहेका यी जोडी पार्टीमा मस्तसँग नाचेका थिए।
दृष्यमा विराट खुलेर नाचिरहेको देखिएको छ। मस्तसँग नाचिरहेका विराटलाई अनुष्काले पनि साथ दिएकी थिइन्।
भाइरल बनेको विराट र अनुष्का नाचेको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।