चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दाबी गरेका छन्।
यो निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ मत ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दाहालको दाबी छ।
पश्चिम चितवनको मेघौलीमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका दाहालले भने, 'अब देशमा समृद्धि आउँछ। चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्याउन चाहन्छु।'
शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै अध्यक्ष दाहालले अर्का हस्ताक्षरकर्ता गिरिजाबाबुको संकल्प पूरा गर्ने दायित्व आफ्नै काँधमा रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।