काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेको छ।
शुक्रबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कांग्रेसले संशोधन दर्ता गरेको संसद् सचिवालयले जनाएको छ। ‘मेरो सरकार’ भन्ने शब्दावली हटाएर ‘नेपाल सरकार’ बनाउनुपर्ने कांग्रेसको माग छ।
प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाएको कांग्रेसले सरकारमाथि आरोप लगाएको छ। साथै, संशोधन प्रस्तावमा लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचनालाई कमजोर पार्ने कार्यक्रमहरु नीति तथा कार्यक्रममा परेको उल्लेख गरिएको छ। विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टता सहितको सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सक्ने कार्यक्रमगत प्रस्टता नभएको संशोधन प्रस्ताव कांग्रेस सांसद डा मीनेन्द्र रिजालले पेस गरेका हुन्।
नीति तथा कार्यक्रममाथि शनिबार दिउँसोसम्म संसोधन पेश गर्न समयावधि तोकिएको थियो।
.jpg)


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।