काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेस गरेको नीति तथा कार्यक्रम देखाउन र भन्नका लागि मात्र नभएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकमा बोल्ने क्रममा ओलीले शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको कार्यन्वयन गरेरै छोड्ने प्रतिवद्धता गरेका हुन्।
नीति तथा कार्यक्रमलाई पास गर्न सबै सांसद एक हुन उनले निर्देशन दिए।
नीति तथा कार्यक्रममा नपरेका विषय बजेटमा समेट्न सकिने उनले विकल्प देखाएका थिए।
कार्यान्वयन गरेरै छोड्ने आफ्नो प्रतिबद्धतालाई साथ दिन सांसदहरुलाई आग्रह गरे।
जनतालाई मध्यनजर राखी बजेट सरकारले पेश गर्ने उनले जानकारी गराए। उनले सांसदहरुलाई भने, ‘बजेटको बारेमा अलि गम्भीर छलफल गरौं। नीति तथा कार्यक्रम पास गरौं।’
बैठकमा प्रधानमन्त्री ओलीसहित अर्का अध्यक्ष प्रचण्ड र संसदीय दलका नेता सुभास नेम्वाङले पनि बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।