काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ।
दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर सहमति अनुमोदनपछि बैसाख २३ गते नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडाले बताए। नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने सहमति भएको छ।
अन्तिम सहमतिका लागि दुवै पक्षको बैठक नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा बसेको थियो।
केही समययता दुई पार्टीबीच छलफल जारी थियो। शुक्रबार राति पनि नयाँ शक्तिको पार्टी कार्यालयमा छलफल चलेको थियो।
आज दिउँसो नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच हस्ताक्षर भएको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।