काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बसिरहेको छ।
सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि संसदीय दलको बैठक बसेको हो। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यलयमा बसेको बैठकमा आगामी वर्षको बजेटमा समावेश गरिने योजनाहरुको बारेमा छलफल हुने बताइएको छ।
नीति तथा कार्यक्रममाथि संसदमा हुने छलफलमा पार्टीका तर्फबाट प्रस्तुत गरिने धारणाबारे पनि छलफल हुनेछ। बैठकमा पार्टीको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।