काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिक दलको हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताएका छन्।
पछिल्लो समय त्रिभुवन विश्वविद्यालय देखि सम्पूर्ण शिक्षा क्षेत्र नै राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र बनेको भन्दै चिन्ता प्रकट गरे।
शिक्षा क्षेत्र सुधारका लागि ‘आफ्नो मान्छे’ होइन ‘राम्रो मान्छे’लाई खूल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने बताए।
नेपाल विद्यार्थी संघले लमजुङस्थित कृषि क्याम्पसमा गरेको कार्यक्रममा पौडेलले भने, 'अहिले नेकपाले शिक्षा र समग्र प्रशासनिक क्षेत्रलाई नेकपाकरण गरेको छ। खूल्ला प्रतिस्पर्धाको आधारमा भिसी छान्नुपर्छ, दलका कार्यकर्ता भएकै आधारमा उसलाई बनाउनु हुँदैन त्यो गलत हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।