• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीद्वारा 'मेरो सरकार'को बचाउ, छिचरा तर्कमा नअल्झिन आग्रह

64x64
नेपाल लाइभ शनिबार, वैशाख २१, २०७६  १२:०६
1140x725

काठमाडौं– शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्ने क्रममा राष्ट्रपतिले पटकपटक प्रयोग गरेको 'मेरो सरकार' भन्ने शब्दावलीप्रति सामाजिक सञ्जालमा भएको विरोधलाई प्रधानमन्त्रीले 'छिचरा तर्क' भनेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादक/पत्रकारहरुसँग छलफल गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भएको विरोधको जवाफ दिएका थिए। 'राष्ट्रपतिले मेरो सरकार भन्नुभयो। मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा तपाईंहरुको देश होइन भनेको हो र? अरुको होइन भनेको हो र? मेरो देश, मेरो राष्ट्र, मेरो राष्ट्रिय गान। मैले बनाएको हो र राष्ट्रिय गान? मैले मात्रै गाउने हो र राष्ट्रिय गान? मेरो मात्रै हो र राष्ट्रिय गान? तर मैले मेरो राष्ट्रिय गान भन्छु। मेरो राष्ट्रिय गौरव भन्छु। मेरो भन्ने कुराको बृहत् अर्थमा, सामूहिक अर्थमा बुझ्ने अभ्यास गर्नुपर्छ,' प्रधानमन्त्रीले आग्रह गरे। 

प्रधानमन्त्रीले राष्ट्रपति देश र राष्ट्रको प्रमुख हुने स्मरण गराए। 'व्यक्तिको कुरा गरिराखेको छैन। संस्थाको कुरा गरिराखेको छु', उनले भने, 'राष्ट्रको प्रमुखको हैसियतले जुन सरकार बन्छ। त्यो सरकार राष्ट्रपति हो र राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम आफ्नो सम्बोधनमार्फत भनिरहँदा गरिमामय संसदलाई मेरो सरकारको नीति यो छ, कार्यक्रम यो छ भनेर राष्ट्रपतिले भन्छन्।' 

प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भन्नु अन्तर्राष्ट्रिय अभ्यास भएको बताए। उनले बौद्धिक र सञ्चारकर्मीहरुले छिमेकी भारतमा चलेको अभ्यास थाहा नपाउँदा अचम्म लागेको बताए।

'भारतमा आफ्नै पार्टीको सरकार हुँदा मात्रै होइन, अर्को पार्टीको सरकार हुँदा पनि संसदलाई सम्बोधन गर्दा 'मेरो सरकार' भनेरै गर्छन्। कम से कम त्यति त हेर्ने कष्ट गरौं', उनले आग्रह गरे, 'राजतन्त्र त भारतमा पनि छैन होला, गणतन्त्रै हो। भारतको राष्ट्रपति पनि कार्यकारी होइन होला। कोबिन्दजी हो। यसभन्दा ठिक अगाडिको सम्बोधन साथीहरुले यसो युट्युबमा हेर्नुभयो भने पनि स्पष्ट हुन्छन् जस्तो लाग्छ। त्योभन्दा अगाडि हेर्नुस्। त्योभन्दा अघिल्लो हेर्नुस्। अझ अघिल्लो हेर्नुस्।'

'भारतीयलाई नलागेको झल्को नेपालमा लागेको चाहिँ भर्खरभर्खर राजतन्त्र गएकाले हो कि। अथवा कतिपय 'लोकतान्त्रिक पार्टी'कै नेताहरु राजतन्त्र–राजतन्त्र भनेर कराएर हिँड्नुभएको छ। त्यसो भएकाले झल्को लागेको हो कि। झल्को लाग्नुपर्ने आवश्यकता छैन', प्रधानमन्त्रीले आग्रह गरे।

सम्पादकहरुलाई आफ्ना तर्क सुनाउँदै गर्दा प्रधानमन्त्री बीचबीचमा हाँसेका र बेलाबेलामा आक्रोशित भएका देखिन्थे। तर, राष्ट्रपतिको बचाउमा निरन्तर बोलिरहन्थे। उदाहरण र प्रतितर्क दिएर आफ्ना कुरा पुष्टि गर्न खोज्थे।

'जननिर्वाचित सरकारलाई राष्ट्रपतिले, राष्ट्रको प्रमुखले, जुन राष्ट्रपतिले गरिमामय संसदले, दुवै सदनले पास गरेको कानुनलाई हस्ताक्षर गरेपछि मात्रै कानुनको रुपमा हुन्छ, यस्तो विवाद गर्न हुँदैन कि दुइटै संसदले पास गरिसकेपछि राष्ट्रपतिले लालमोहर नलागाउँदासम्म कानुन नबन्ने? यस्तो पनि हुन्छ? संसदभन्दा ठूलो? राजतन्त्रको झल्को आयो। भन्न पनि सकिन्छ। कुनै पनि व्यवस्थाको गरिमा हुन्छन्। त्यो हामीले थाहा पाउनु वाञ्छनीय हुन्छ। छिचरा तर्कमा अल्झिनुभन्दा', उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीले फराकिलो सोच राख्न र दुनियाँ थाहा पाउन आग्रह गरे। 'कसको सरकार भनेको हो त राष्ट्रपतिले? कि निबन्ध पढ्ने? यो सरकारको नीति तथा कार्यक्रम भन्दाखेरि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने', उनले भने, 'राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै संसदमा आउँछन्। त्यसमा अपनत्व छ।'

उनले राष्ट्रपति राष्ट्रको सबैभन्दा माथिल्लो मर्यादित र सम्मानित पदको हुने स्मरण गराए।

'उनी अभिभावक हुन्छन्', उनले भने, 'संविधानको रक्षाको जिम्मेवारी समेत राष्ट्रपतिको हुन्छ। त्यसैले राष्ट्रपतिले मेरो सरकार भन्ने अत्यन्त सामान्य र अन्तर्राष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जमानामा हामी हुनु भनेको या त हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौं, या त हाम्रो मानसिकता निरर्थक दरिद्रताले मात्रै ग्रस्त हो।'

सम्बन्धित :
राष्ट्रपतिले 'मेरो सरकार' भन्दा राजाको झल्को देखिएको भन्दै विरोध

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो छ आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम [पूर्णपाठ]

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्