काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनतालाई आश्वासन मात्र बाँडेको बताएका छन्।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि असन्तुष्टि जनाउँदै देउवाले भने, ' खोत्रो आश्वासन बाहेक केही पनि छैन। विगतकै निरन्तरता मात्र छ। सरकारले जनतालाई आश्वासन मात्र बाँडको छ।'
सरकारले अघिल्लो पटक पनि यही आश्वासन दिएको उनले बताए।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले 'मेरो सरकार' भनेको कुरामा असन्तुष्टि पोख्दै उनले भने, 'मेरो सरकार किन भन्नुभयो। हाम्रो सरकार भनेको भए हुन्थ्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।