काठमाडौं– पूर्व प्रधानमन्त्री एवम् नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम फितलो भएको बताएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि डा भट्टराईले ट्विटरमार्फत आलोचना गरेका हुन्।
उनले सरकारलाई व्यंग्य गर्दै लेखेका छन्, 'सरकारको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधूर छ। राम्रो लेखकको निबन्ध जस्तो सलल बगेको छ। बाँडिएका सपनाहरू सुन्दर छन्। तर, तिनलाई विपनामा परिणत गर्ने कार्यक्रम छैन वा फितलो छ।'
उनले संरचनात्मक परिवर्तनका ठोस आधार नभएको भन्दै लेखेका छन्, 'निरन्तरताका कुरा छन् तर संरचनात्मक परिवर्तनका ठोस आधार छैनन्। त्यसैले सबै हात्ती आयो फुस्सा हुनसक्छ। नहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।