काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रममार्फत चालु आर्थिक वर्षका लागि तय भएको नीति तथा कार्यक्रम सफल रुपमा कार्यान्वयन भएको दाबी गरिएको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा भनेको छ– ‘हामीले विकासको आधारका रुपमा नीतिगत समस्याहरु टुंग्याएका छौं। 'समृद्ध नेपाल : सुखी नेपाली'को आधार तयार पार्यो। यस अर्थमा मेरो नेतृत्वको सरकारले काम गर्दैछ, नतिजा ल्याउँदैछ।’
दुई तिहाइ सहितको नेकपा सरकारकाले आफ्नो दोस्रो वर्षको कार्यकालको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।