एजेन्सी– दक्षिण अफ्रिकाकी २२ वर्षीय सुन्दरी डामी लेगा नेल पिटर्स यस वर्षको ‘मिस युनिभर्स’ घोषित भएकी छिन्।
उनी विश्वका ९२ सुन्दरीलाई उछिन्दै ‘मिस युनिभर्स’ बन्न सफल भएकी हुन्। पहिलो रनरअप कोलम्बियाकी लाउरा गोन्जालेज भइन्। दोस्रो रनरअपको उपाधि जमैकाकी डाभिना बेनेटले जितिन्।
अमेरिकाको लस भेगासस्थित एलेक्सेस थिएटरमा सोमबार बिहान सम्पन्न स्पर्धामा कोलम्बियाकी लाउरा गोन्जालेज, जमैकाकी डाभिना बेनेट, दक्षिण अफ्रिकाकी डामी लेगा नेल पिटर्स, थाइल्यान्डकी मारिया पुनलेर्टरार्प र भेनेजुयलाकी केइसी सियागो टप–५ मा प्रवेश गर्न सफल भएका थिए।
नेपाल, कम्बोडिया र लाओसले पहिलोपल्ट ‘मिस युनिभर्स’मा भाग लिएका थिए। नेपालकी नग्मा श्रेष्ठ पहिलो चरणबाट बाहिरिएकी थिइन्। जापानले ‘बेस्ट नेशनल कस्ट्युम’को उपाधि जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।