काठमाडौं– दक्षिण अफ्रिकी तीव्र गतिका बलर कागिसो राबाडाले आइपिएल १२ का बाँकी खेल गुमाउने भएका छन्। दिल्ली क्यापिटल्समा आबद्ध राबाडाले ढाडको समस्याका कारण बाँकी खेल गुमाउने भएका हुन्।
चेन्नईविरुद्धको खेल उनले चोटका कारण खेल्न सकेका थिएनन्। जारी आइपिएलमा सवैभन्दा बढी विकेट लिएका उनी अब स्वदेश फर्कने दिल्लीले पुष्टि गरेको छ। उनले अब एकदिवसीय विश्वकपका लागि आराम गर्ने बताइएको छ।
उनले जारी आइपिएलमा १२ खेलमा २५ विकेट लिएका थिए। जारी सिजनको सबैभन्दा सफल खेलाडी राबाडाको उच्च प्रदर्शनमा दिल्ली प्लेअफमा पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।