काडमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)काे टी-ट्वान्टी क्रिकेट बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ।
आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो। नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो। यसअघि नेपाल १४औँ स्थानमा थियो।
टी-ट्वान्टी बरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ।
त्यसैगरी छैटौंमा न्युजील्यान्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलङ्का, नवौंमा वेष्टइन्डिज, दशौँमा बङ्गलादेश, बाह्रौंमा स्कटल्याण्ड, तेह्रौंमा जिम्बाबे, चौधौँमा नेदरल्यान्ड, पन्ध्रौँमा आयरल्यान्ड र सोह्रौँ स्थानमा संयुक्त अरब इमिरेट्स छ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो। त्यस्तै नेपाल एक दिवसीय बरियतामा भने १४औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।