लहान– सिरहा प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मधुबनीे बगहा–१ का २८ वर्षीय राजेश कुमार यादव रहेका छन्। यादवलाई बिहीबार राति भगवानपुर गाउँपालिका–४ स्थित दशगजा–मिनी बजार बाटोबाट पेस्तोलहित पक्राउ गरिएको प्रहरीले जनाएको।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीको खोका बरामद गरिएको छ।
यादवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।