दाङ- दाङको घोराहीस्थित कारागारभित्र नाइके र कैदी बन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको टाउकोमा चोट लागेको छ भने १ जनाको हात भाँचिएको कारागार शाखाले जनाएको छ।
आज बिहान २ बजे झडप भएको हो।
घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी हाल कारागारमै राखिएको छ। कारागारका नाइकेहरु र कैदी बन्दीबीच आन्तरिक व्यवस्थापनका विषयमा कुरा नमिल्दा झडप भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।
झगडाको कारण र घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सम्मिलित समिति बनाएर छानबिन सुरु गरिएको प्रजिअ रिजालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।