काठमाडौं– आइपिएल क्रिकेटमा तीन टिमले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। चेन्नई सुपरकिंग्स, मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान पक्का गरेका हुन्। तीनै टिमले अन्तिम खेल खेल्न बाँकी छ। तीनै टिम अन्तिम खेलमा जित हात पारेर शीर्ष २ मा पर्ने अभियानमा छन्।
प्लेअफमा शीर्ष २ टिमबीच प्रतिस्पर्धा हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने हार्ने टिमले दोस्रो पटक अवसर पाउनेछ।
अर्को खेल तेस्रो र चौथो हुनेबीच हुनेछ। जित हात पार्ने टिमले पहिलो प्लेअफको पराजित टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ। हार्ने टिम बाहिरिनेछ।
प्लेअफमा पुग्ने चौथो टिमका लागि भने चार टिमबीच प्रतिस्पर्धा हुनेछ। चौथो स्थानको सनराइजर्स हैदरावाद, पाँचौ स्थानको राजस्थान रोयल्स, छैटौं स्थानको कोलकाता नाइटराइडर्स र सातौं स्थानको किंग्स ११ पञ्जाव मध्ये एक टिम मात्र प्लेअफमा पुग्नेछ। अन्तिम स्थानको रोयल च्यालेन्जर्स बैंग्लोर भने बाहिरिसकेको छ।
अंक तालिका

हैदरावादलाई प्लेअफमा पुग्न अन्तिम खेलमा जितको आवश्यकता छ। जित पारेको अवस्थामा हैदरावादको अन्य टिम भन्दा म्भावना बढी छ। हैदरावादले जितेको अवस्थामा अन्य टिमले जित हात पारे पनि रनरेटमा प्लेअफ समिकरण बन्नेछ।
राजस्थानलाई पनि प्लेअफमा पुग्न जितको आवश्यकता छ तर हैदरावादले हार्नु पर्छ। कोलकाताले २ खेल खेल्न बाँकी छ। दुवै खेलमा जित हात पारे कोलकातको प्लेअफ सम्भावना हुनेछ। पन्जावको पनि २ खेल बाँकी छ। दुवै खेल जिते मात्र पन्जाव प्लेअफमा पुग्नेछ।
बाँकी खेल
पन्जाव भर्सेस कोलकाता
दिल्ली भर्सेस राजस्थान
बैंग्लोर भर्सेस हैदरावाद
पन्जाव भर्सेस चेन्नइ
मुम्बई भर्सेस कोलकाता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।