लन्डन- युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई हराएको छ। गए राति भएको खेलमा आर्सनलले घरेलु मैदानमा भ्यालेन्सियामाथि ३-१ गोलको जित हात पारेको हो।
खेलमा अग्रता भने भ्यालेन्सियाले लिएको थियो। खेलको एघारौं मिनेटमा दिएखाबीले गोल गरेर भ्यालेन्सियलाई अग्रता दिलाए।
आर्सनलका लागि लाकाजेटी १८ औं मिनेटमा बराबरी गोल फर्काउन सफल भए। लाकाजेटीले २५ मिनेटमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि आर्सनल २-१ ले अघि बढेको थियो।
खेलको ९० मिनेटमा आउबामेयाङले आर्सनलका लागि तेस्रो गोल गरे।
प्रतियोगिताको अर्को खेलमा इंग्लिस क्लब चेल्सी जर्मन क्लब फ्रान्कफर्टसँग १-१ को बराबरीमा रोकियो। खेलको २३ मिनेटमा जोभिकले गोल गरेर फ्रान्कफर्टलाई अग्रता दिलाए। ४५ मिनेटमा चेल्सीका लागि पेड्रोले बराबरी गोल फर्काएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।