काठमाडौं- आइपिएल क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ। मुम्बईले गए राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि सुपरओभरमा जित हात पारेर दोस्रो चरणमा स्थान पक्का गरेको हो।
सुपर ओभरमा हैदारावादले ८ रन बनाएको थियो। मुम्बईको तर्फबाट जसप्रित बुमराहले सुपर ओभरमा बलिङ गरेका थिए। पहिलो बलमा हैदरावादका मनिष पाण्डे रनआउट हुँदा दोस्रो बलमा मार्टिङ गुपटिलले १ रन, तेस्रो बलमा मोमहद नाबीले छक्का प्रहार र चौथो बलमा आउट भएका थिए।
सुपर ओभरमा ९ रनको लक्ष्य पछ्याएको मुम्बईका हार्दिक पाण्ड्याले पहिलो बलमा हैदरावादका रसिद खानलाई छक्का प्रहार गर्दा दोस्रो बलमा १ रन लिए। तेस्रो बलमा केइरन पोलार्डले २ रन लिएपछि मुम्बईले जित हात पारेको हो।
त्यसअघि दुवै टिमले निर्धारित २० ओभरमा १६२-१६२ बनाएका थिए। पहिले ब्याटिङ गरेको मुम्बईका लागि क्वान्टन डे ककले ६९ रन जोडेका थिए। जावाफी ब्याटिङ गरेको हैदरावादका लागि अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको थियो। अन्तिम बलमा जितका लागि सात रन र बराबरी गर्न ६ रन चाहिएको स्थितिमा हैदरावादका मनिष पाण्डेले मुम्बईका हार्दिक पाण्ड्यालाई छक्का प्रहार गरेका थिए। त्यसपछि खेल बराबरी भएको थियो।
जितपछि दोस्रो स्थानमा उक्लिएको मुम्बईको १३ खेलबाट १६ अंक भएको छ। हैदरावाद १२ अंक जोडेर चौथो स्थानमा छ। अन्तिम खेलमा जित हात पारे हैदरावाद प्लेअफमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।