काठमाडौं- नेपाल प्रहरीले एसएसपी विश्वराज पोखरेललाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।
डिआइजी सुशील भण्डारीको गत कात्तिक १० गते काभ्रेको मण्डन देउपुरीमा सवारी दुर्घटनामा निधन भएपछि खाली भएको डिआइजी पदमा एसएसपी पोखरेललाई बढुवा समितिले सिफारिस गरेको हो।
उनी लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरमा कार्यरत थिए।
कार्य सम्पादन मूल्यांकनमा आफूभन्दा वरिष्ठ दाबेदारलाई पछि पार्दै उनी बढुवा सिफारिस भएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।