काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बढ्दै गएको एकआपसको तिक्तताप्रति चिन्ता व्यक्त गरेका छन्।
केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हरुलाई सपथ ग्रहण कार्यक्रममा देउवाले भने, 'बोलचाल भेटघाटमै छैन। बोल्नै छोड्न त भएन नि!'
पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएर बोल्नै छोड्नु प्रजातान्त्रिक संस्कार नभएको उनको भनाइ थियो।
देउवाले पार्टीका सबै तहमा निर्वाचन मार्फत नेतृत्व चयन हुने विश्वास दिलाए।
वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला पक्षको आशंका अन्त्य गर्न देउवाको उक्त भनाइ आएको थियो।
उनले भने ' वडा तह देखिनै चुनाव गरि चुनिने व्यवस्था हुन्छ।'
प्रतिष्ठानका सदस्य हरुलाई निर्देशन दिने क्रममा देउवाले अर्को चुनावमा कांग्रेस पहिलो पार्टी हुने गरी प्रशिक्षण,अनुसन्धान गर्न आग्रह गरे।
कांग्रेस सबै भन्दा समावेशी दल भएको दाबी गरे।
नेपाल विद्यार्थी संघको स्कूल तथा कलेजमा सङ्गठन विस्तारमा कमी हुँदै गएको प्रति नेविसंघले नेतृत्वलाई संगठन विस्तार गर्न सुझाए।
पदाधिकारीसहित भएको सपथमा प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले नवमनोनित ४८ सदस्यलाई सपथ खुवाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।