काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगिताको आयोजना मिति सरेको छ।
जेठ ३ देखि ११ गतेसम्मका लागि तय गरिएको प्रतियोगिता आगामी असोज ३ देखि ११ सम्म गरिने भएको हो। जेठमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएकाले लिगको मिति सारिएको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले जाएको छ।
आयोजनकले प्रतियोगितामा सहभागिता जनाउन चाहने खेलाडीहरूका लागि २०७६ बिहीबारदेखि आवेदन खुला गरेको छ। खेलाडीहरुले जेठ २५ गतेसम्म नाम दर्ता गराइसक्नु पर्नेछ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले https://events.esewa.com.np/registration/ मा गएर दर्ता गराउन सक्नेछन्।
खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ। डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी पर्नेछन्। यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन्।
यस्तै इल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्नेछन्। प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई/दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ ।
यसअघि प्रतियोगिताका लागि पाँच शहरका पाँच टिम, मार्की खेलाडी र टिम मालिक सार्वजनिक गरिएको थियो।
खेलहरु काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन गरिनेछ। लिगमा नेपाली खेलाडीको मात्र सहभागिता रहनेछ। यस्तै टिममा मार्की खेलाडी र आबद्ध हुने अन्य खेलाडीले निश्चित रकम पाउनेछन्।
प्रतियोगिताका पाँच सहरका पाँच टिम र मार्की खेलाडी
१. चितवन राइनोज – मिंग्मा डण्डु शेर्पा (स्वामित्व), इन्दु बर्मा (मार्की खेलाडी)
२. क्यापिटल्स रोयल्स काठमाडौं – दीपा अग्रवाल (स्वामित्व), रुबिना क्षेत्री (मार्की खेलाडी)
३. पोखरा पल्टन – बिनायक पोखरेल (स्वामित्व), सीता रानामगर (मार्की खेलाडी)
४. ललितपुर फाल्कोन्स – श्रीजना जोशी (स्वामित्व), नेरी थापा (मार्की खेलाडी)
५. विराटनगर टाइटन्स – पारस लुनिया (स्वामित्व), सरिता मगर (मार्की खेलाडी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।