• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भोलिको सर्वदलीय बैठकले प्रदेश १ को नाममा जुटाउला सहमति?

क्लस्टर छुट्याएर मुख्यमन्त्रीको वार्ता
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १७:१६
1140x725

इटहरी– प्रदेश १ को संसद् सुरु भएको १५ महिना पूरा हुँदासमेत नाम र राजधानीको विषय अन्योलमै देखिन्छ। संसद सुरु हुनुभन्दा पहिलेदेखि नै बहस सुरु भएका यी दुई विषय झैसम्म टुङ्गो लाग्न सकेका छैनन्। 

नेताहरुको आफ्नो आकांक्षा र स्वार्थको कारण विषय ओझेलमा परिरहेको स्वयं नेताहरु नै बताउँछन्। संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले ठूला दलका ठूला नेताहरुको आकांक्षाको कारण यो सबै ढिलाइ भइरहेको बताए। उनका अनुसार केही समयको गृहकार्यमा सुल्झाउन सकिने विषयलाई लामो बनाउन खोजिँदैछ। जसले गर्दा विकास निर्माणमा दिनुपर्ने समय बर्बाद भएको छ। 

सरकार गठन भएको १ महिनामै टुङ्गो लगाउने भनिएका यी विषय अझै अन्योलकै भुमरीमा देखिन्छन्। पछिल्लो समय सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलको बैठकमा समेत यस विषयमा छलफल भएको छ। सरकार गठन भएको २३ दिनपछिको एक टेलिभिजन अन्तर्वार्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले एक महिनाभित्र नाम र राजधानी टुङ्गो लाग्ने बताएका थिए। तर त्यसपछिका १३ महिनामा पनि प्रदेशको न्वारान हुन सकेको छैन।  

सत्तारुढ दल नेकपाका नेताहरु भित्रको आन्तरिक प्रतिस्पर्धा र प्रमुख प्रतिपक्षी कांग्रेसकौ मौनताले पनि नाम र राजधानीको मुद्दा पछि हट्दै गएको हो। हालको राजधानी विराटनगर र विराटनगर बाहिरको पक्षमा मत बाझिँदा नेकपाभित्रै एक मत हुन सकेको छैन। नेकपाका ६६ सांसदमध्ये ४५ सांसद बिराटनगरबाहिर राजधानी लैजानुपर्ने पक्षमा देखिन्छन्। तर मुख्यमन्त्री लगायत केही नेताहरु बिराटनगर नै राजधानी हुनुपर्ने पक्षमा लागिरहेको एक नेताले बताए। 

बैसाख १७ गते मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले यस बिषयमा ठोस निर्णय लिन सकेन। १८ गते बहुमत सांसद उपस्थित नभएपछि बैठक स्थगीत भएको थियो। नाम र राजधानीकै बिषयमा सहमति जनाउने भन्दै ०७४ भदौमा पनि नेकपा संसदीय दलको बैठक बसेको थियो। २ दिनसम्म चलेको बैठक ठोस निर्णय नै नगरी समापन भएको थियो। 

उता कांग्रेसको बैसाख १८ गते बसेको संसदीय दलको बैठकले कुनै निर्णय गर्न सकेन। १९ गते केही निर्णय लिन सक्ने कांग्रेसले बताएको थियो। तर सोही दिन मुख्यमन्त्रीले सर्वदलीय बैठक बोलाएपछि संसदीय दलको बैठक बस्न सकेन। सर्वदलीय बैठकले नाम र राजधानीको बिषय सर्वदलीय बैठकबाटै टुङ्गो लगाइने निर्णय भएको नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले जानकारी दिए।

क्लस्टर छुट्याएर मुख्यमन्त्रीको वार्ता
मुख्यमन्त्री शेरधन राई भने क्लस्टर छुट्याएर वार्ताको तयारीमा लागेका छन्। उनले आजमात्रै मेची कोसी र सगरमाथा करीडोरका सांसदसँग उनले छुट्टाछुट्टै छलफल गरे। उनीहरुकै सुझावको आधारमा भोलि हुने सर्वदलीय बैठकमा निर्णय गर्ने उनको तयारी छ।

यता प्रदेससभा सचिवालयले १९ गते सम्मका लागि प्रस्ताव दर्ता गराउने म्याद तोकेको थियो। तर मुख्यमन्त्री राईको आग्रहमा म्याद सारिएको हो। दुई दिनको लागि म्याद थप भएपछि बैसाख २२ गते आइतबार संसदमा साझा प्रस्ताव दर्ता हुनसक्ने सचेतक राईले बताए। उनका अनुसार मुख्यमन्त्रीले नाम र राजधानीको विषय सर्वदलीय छलफलबाटै टुङ्गो लगाउनुपर्छ भनेकोले म्याद थप भएको हो। त्यसका लागि मुख्यमन्त्रीले पुन: भोलिका लागि सर्वदलीय बैठक बोलाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसले केही ठोस निर्णय गर्न सक्ने राईको भनाई छ। 

मौन कांग्रेस
सत्तारुढ दलका सांसदहरु राजधानीको बिषयमा क्याम्पेन चलाइरहँदा प्रमुख प्रतिपक्षी कांग्रेस भने मौन देखिएको छ। सचेतक राई आफै पनि यस विषयमा असन्तुष्ट देखिन्छन्। ‘हामीले बेलैमा एउटा ठोस निर्णय गरेर अगाडि बढ्नुपर्ने थियो,’ उनले भने, ‘तर पार्टी नेतृत्वले चासो नदिएका कारण सरकारको मुख ताक्नुपर्ने अवस्था आयो। आफूहरुले भनेकै विषय नभए पनि केही न केही एजेन्डा हुनुपर्ने थियो। त्यो भएन।’ 

उता साना दलले भने यस बिषयमा आफ्नो निर्णय लिइसकेका छन्। संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी एक्ली सांसद बिष्णु तुम्हाम्फे लिम्बुवान् प्रदेशको माग गरिरहेकी छन्। राजधानी जहाँ भए पनि नाम लिम्बुवान् नै हुनुपर्ने उनको माग छ।

त्यस्तै संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रदेश १ को प्रतिनिधित्व हुने गरी नाम र सबैलाई पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने धारणा राखिरहेका छन्। यसमा नेपाली कांग्रेसबाहेक सबै दलले आफ्नो धारणा स्पष्ट पारेका छन्। तर नेकपाभित्रको मत बाझिँदा नाम र राजधानीको विषयको टुङ्गो लाग्न सकस परिरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अबको यो दुई दिनमा नयाँ संकट नआए प्रदेश १ को न्वारान हुने देखिन्छ भने नयाँ राजधानी तोकिनेछ। 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्