मुम्बई (एजेन्सी)– हिजोआज बलिउड कलाकारहरू ‘फेसनेबल आउटफिट्स’ बाट आफ्नो ‘फ्यान’ को ध्यान तान्न थालेका छन्। यसमा सबैभन्दा बढी ‘एयरपोर्ट लुक्स’ निकै चर्चामा छ। बाहिर जाँदा वा बाहिरबाट आउँदा एयरपोर्टमा फोटोग्राफरहरूलाई पोज दिने कार्यलाई नै ‘एयरपोर्ट लुक्स’ नामाकंरण गरिएको छ।
हालै मात्र अभिनेत्री रानी मुखर्जी पनि मुम्बईको एयरपोर्टमा देखा परिन्। यतिबेला उनले महंगो ज्याकेट पहिरिएकी थिइन्। जसको मुल्य सार्वजनिक भएपछि उनी चर्चाको विषय बन्न पुगेकी छिन्।
एयरपोर्टमा रानीले कालो टिसर्टमा डेनिम पेन्ट र कालो रंगको बेलस्टाफ लेदरको ज्याकेट लगाएकी थिइन्। उनको ज्याकेटको दाम १४ सय ९५ पाउण्ड अर्थात दुई लाख ८ हजार रुपैयाँ बताइएको छ।
रानीले २०१४ मा मर्दानी फिल्म गरेपछि विश्राममा छिन्। उनी आफ्नो छोरा आदिराको जन्मपछि फिल्ममा फर्किएकी छैनन्। उनी छिट्टै यशराज प्रोडक्सनको ‘हिचकी’ फिल्ममार्फत बलिउडमा फर्किने तयारीमा छिन्। आउँदो वर्षको फेब्रुअरी २३ मा फिल्म रिलिज हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।