फाइल तस्बिर
ताप्लेजुङ- ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेबारिसे अवस्थामा फेला पारेको छ भने २ नाल हतियार प्रहरीलाई बुझाइएकाे छ।
मंगलबार बेलुका ७ बजे प्रहरी चौकी सिवाबाट खटिएको टोलीले फक्तालुङ गाउँपालिका-३ लिङखिममा रहेको ओढारमा बेबारिसे अवस्थामा लुकाई राखेको २ नाल, प्रहरी चौकी फुलवारीबाट खटिएको टोलीले आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट-१ नाल, प्रहरी चौकी हाङपाङबाट खटिएको टोलीले सोही गाउँपालिका-३ हाङपाङस्थित सोबुदा जंगलबाट-१ नाल भरुवा बन्दुक बरामद गरेको हो।
त्यसैगरी पाथिभरा-याङवरक गाउँपालिका-१ नाङखोलेङ छिपछिपे बस्ने तकबहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। बरामद गरिएको बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।