काठमाडौं– रुट्स फेसन प्रालि (लेबल्स स्टोर) ले कीर्तिमानी धावक हरिबाहदुर रोकायाद्वारा सञ्चालित कर्णाली स्पोर्ट्स क्लबलाई आज रु २ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।
प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा निर्देशक राजीव श्रेष्ठले कीर्तिमानी धावक रोकायालाई १ लाख र १ लाख ५० हजारको रकमको गरी २ वटा चेक हस्तान्तरण गरे।
निर्देशक श्रेष्ठले व्यवसायसँगै समाज र देशको लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएकै कारण यस किसिमको सहयोग गरेको बताए।
रुट्स फेसनले शु एक्सचेन्ज’ कार्यकम यही वैशाख १८ गतेदेखि शुरु गर्ने कार्यक्रममा जानकारी दिइयो। एक महीनासम्म चल्ने उक्त शु एक्सचेन्ज’ कार्यक्रममा प्राप्त जुत्ता कीर्तिमानी धावक रोकाया नेतृत्वको कर्णाली क्लबलाई प्रदान गर्ने आयोजकको भनाइ छ।
'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।