• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कञ्चन हत्या प्रकरण : ५ दिन बित्दासमेत खुलेन रहस्य

हत्या कि आत्महत्या?
64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  २१:३९
1140x725

लहान- सिरहाको कल्याणपुर नगरपालिका-८, अरङगाउँकी कञ्चन मण्डलको हत्या रहस्यमय बनेको छ। मृत्यु भएको ५ दिन बितिसक्दासमेत ‘आत्महत्या वा हत्या?’ भन्ने विषय अझै सुल्झिन सकेको छैन। 

जीवन-मरणको दोसाँधमा संघर्ष गरिरहँदा अस्पतालको शय्याबाट कञ्चनले दिएको बयानका आधारमा प्रहरी अनुसन्धानमा जुटेको छ। तर, हत्यामा संलग्न भएको भनिएकाहरूको संलग्नता पुष्टि गर्न नसक्दा प्रहरीको अनुसन्धान सहज रुपमा अघि बढ्न सकेको छैन।

यस्तो थियो घटनाको अवस्था 
बैसाख १२ गते, बुधबार बिहान करिब ९ः१५ मा स्थानीय बेचु मण्डल (खत्वे)को घरबाट अत्यधिक धुँवा आयो। धुँवासँगै आगोको मुस्लो देखेपछि घरमा आगलागी भएको आशकांमा गाउँलेहरू जम्मा भए।

घरको आँगनमा कञ्चन जलिरहेकी थिइन्। घटनाबारे जनप्रतिनिधि र प्रहरीलाई खबर गरियो। 

वडाध्यक्ष राजेन्द्र साह र प्रहरीको टोली घटनास्थल पुग्यो। ‘हामी पुग्दा कञ्चनको शरीर ६० प्रतिशतभन्दा बढी जलिसकेको थियो,’ वडा अध्यक्ष साहले भने, ‘आँगनमा मट्टितेल हालिएका प्लास्टिकको जर्किन र पानीका बोतल थिए। बोरा पनि थियो। घरमा परिवारका कुनै सदस्य थिएनन्।’ 

तत्कालै उनलाई उद्वार गरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टरमा भर्ना गरियो। लगत्तै सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै काठमाडौंको साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याइयो। तर, उपचारकै क्रममा शुक्रबार साँझ ५ः०५ बजे उनको मृत्यु भयो।

मृत्युपछिको अवस्था 
कञ्चनले मर्नुअघि आफूलाई पति बेचु मण्डल, सासू ६० वर्षीया सुरजीदेवी र नन्दहरूको मिलेमतोमा मट्टितेल छर्केर आगो लगाएको बयान दिएकी छन्। त्यही बयानको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनाको अनुसन्धान गरिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘उनका पति फरार छन्, गाउँ–घरमै लुकेर बसेको हुनसक्छ। हामीले खोजी गरिरहेका छौं,’ इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी शुकदेव खनालले भने, ‘सासूलाई हामीले नियन्त्रणमा लिएका छौं। अनुसन्धान हुँदैछ।’ 

कञ्चनको बयानअनुसार घटनामा नन्दहरूको पनि संलग्नता देखिएकाले उनीहरूको बारेमा अनुसन्धान भइरहेको खनालले बताए।

‘मृतकका पिता रामलोचन मण्डलले लिखित जाहेरी दिने तयारी गरिरहेका छन्,’ उनले भने, ‘मुख्य कुरा कञ्चनले नै आफूलाई हत्या गर्न आगो लगाइएको बयान दिएकाले त्यही कोणबाट अनुसन्धान चलिरहेको छ।’

के भन्छन् स्थानीय? 
कञ्चनले आफूविरुद्ध हत्याको षडयन्त्र भएको बताएकी थिइन्। सासू, पति र नन्दहरू मिलेर पछाडिबाट मट्टितेल खन्याइ आगो लगाइएको उनको भनाइ थियो। तर, उनको दाबीसँग गाउँले र जनप्रतिनिधिहरूको मत बाझिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हत्यामा संलग्न भनिएका उनका पति बेचु मण्डल भारतको अहमदावादमा छन्। ‘२/३ महिनाअघि रोजगारीका लागि गएका बेचु फर्केर आएका छैनन्,’ वडाअध्यक्ष साहले भने, ‘गाउँलेहरूले पनि बेचु घर आएको विषयमा जानकारी पाएका छैनन्।’ 

बेचु अहमदावाद गएपछि कञ्चन, उनकी डेढ वर्षीया छोरी राधा र सासू सुरजीदेवी घरमा बस्दै आएका थिए। घटना भएको समयमा सासू पनि मजदुरी गर्न बाहिरै गएकाले हत्या नै हो भन्न सक्ने अवस्था नरहेको वडाध्यक्ष साहको भनाइ छ। 

‘पारिवारको आर्थिक अवस्था राम्रो छैन, मजदुरी गरेरै छाक टार्नुपर्ने अवस्था छ,’ उनले थपे, ‘घटना भएको समयमा सुरजीदेवी करिब १ किलोमिटर टाढा गणेश मण्डलको खेतमा काम गर्न गएको भन्ने सुनिएको छ।’ 

नन्दहरू पनि विवाह गरेर आ–आफनो घरमा गइसकेकाले कञ्चनको दाबी पत्याउनै गाह्रो भइरहेको साहले जिकिर गरे। हत्याभन्दा पनि आत्महत्याको सम्भावना बढी रहेको उनको भनाइ छ।

वडासदस्य समेत रहेकी स्थानीय कलावती पासवानले भने बैसाख ७ गने सासू–बुहारीबीच कुटाकुट भएको र त्यसपछि घर छोडेकी कञ्चन सोमबार मात्रै फर्किएको बताइन्। 

तर, घटनाको समयमा आफूहरू काम गर्न गएकाले हत्या वा आत्महत्या भन्ने विषयमा एकिन भन्न नसक्ने बताइन्। 

इज्जत जाने डरले आत्महत्या गरेको आशंका 
पति कामका लागि भारत गएपछि कञ्चनको व्यवहार एकाएक परिवर्तन भएको गाउँले र केही जनप्रतिनिधिको दाबी छ।

तर, यस विषयमा उनीहरू खुलेर कुरा गर्न चाहँदैनन्। ‘केही दिनअघि समाजमै उनको चरित्रका विषयमा कुरा उठ्यो,’ स्थानीय भन्छन्, ‘त्यसपछि उनले छोरीसहित घर छोडिन्। बाबुको प्रयासमा उनलाई फर्काइएको थियो।’ 

स्थानीयका अनुसार कञ्चनले छोरी छोडेर हिँडेपछि सुरजीले नै सागरपुरस्थित उनको माइती घरमा राधालाई पुर्या‍उन गएकी थिइन्।

कञ्चन त्यहाँ नभेटिए पनि घर फर्कने क्रममा विषनपुर भन्ने ठाउँमा फेला पारी उनले आफूसँगै घर ल्याएको उनीहरू बताउँछन्। 

गाउँ–घरमा आफनो विषयमा नकारात्मक हल्ला हुन थालेपछि कञ्चनले आत्महत्या गरेको हुनसक्ने उनीहरूको अनुमान छ।

बोल्दिनन् सुरजीदेवी 
बुहारी जलेको घटनालगत्तै सूरजी बेहोस थिइन्। प्रहरीले मिर्चैयाको मंगलम अस्पतालमा उनको उपचार गरायो।

हत्या आरोपमा पक्राउ परेकी उनी अहिले इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा छिन्। घटनाको विषयमा उनले कुनै कुरा नबताएको प्रहरीले जनाएको छ। उनी अधिकांश समय रोएर बस्ने गरेको डिएसपी खनालले जानकारी दिए।

राधाको बिचल्ली 
उपचारकै क्रममा कञ्चनको मृत्यु भएपछि बेचु मण्डलको घर रित्तो छ। उनकी डेढ वर्षीया छोरी राधा बिचल्लीमा परेकी छन्। घटनापछि उनका आफन्त अमित मण्डल र झौली मण्डलको संरक्षणमा राधालाई राखिएको वडाअध्यक्ष साहले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्